विध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० छुट « Khabarhub

विध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० छुट


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ ।

अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई-सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ बिधी ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । अन्य अनलाईन सेवा प्रदायक सँग समेत सहकार्य गर्ने तयारी रहेको छ । जसबाट रकम भुत्तानी गर्दा सेवा ग्राहीले थप २०० क्यास व्याक पाउनेछन ।’

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए । विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ ।

जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन भने स्वाव समेत विध ल्यावले संकलन गरेका ४३०० तिरे पुग्नेछ ।

ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ०७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका