च्याम्पियन्स लिगमा आज दुई खेल, रियल र युभेन्ट्स दबाबमा « Khabarhub

च्याम्पियन्स लिगमा आज दुई खेल, रियल र युभेन्ट्स दबाबमा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको यूईएफए च्याम्पियन्स लिग आजबाट पुन सूचारु हुँदैछ ।

आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए च्याम्पियन युभेन्ट्स र लियोन एक आपसमा भिड्दै छन् ।

नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे सुरु हुने खेलमा पहिलो लेगमा पराजित रियल र युभेन्ट्स दबाबमा रहेका छन् ।

पहिलो लेगमा रियलविरुद्ध २–१ गोल अन्तरको जीत हात पारेको सिटी केही दबाबमुक्त रहेपनि रियलले अन्तिम आठमा स्थान बनाउन जीत हात पार्नै पर्नेछ।

रियल र सिटीले यसअघि फेब्रुअरी २६ मा भएको थियो । इथ्हाड रंगशालामा यो सहित तेस्रो पटक सिटी र रियल आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा खेल भएपनि दर्शक भने हुने छैनन् ।

यस्तै, दोस्रो लेग पोर्चुगलमा खेल्न लागेका युभेन्ट्स र लियोनपनि अन्तिम ८ का लागि संघर्ष गर्नेछन् । यसअघि पहिलो लेगमा १–० गोल अन्तरले पराजित भएको युभेन्ट्स आजको खेल उल्टाउँदै अन्तिम आठमा लागि खेल्नेछ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : १२ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि