च्याम्पियन्स लिगमा आज दुई खेल, रियल र युभेन्ट्स दबाबमा « Khabarhub

च्याम्पियन्स लिगमा आज दुई खेल, रियल र युभेन्ट्स दबाबमा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको यूईएफए च्याम्पियन्स लिग आजबाट पुन सूचारु हुँदैछ ।

आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए च्याम्पियन युभेन्ट्स र लियोन एक आपसमा भिड्दै छन् ।

नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे सुरु हुने खेलमा पहिलो लेगमा पराजित रियल र युभेन्ट्स दबाबमा रहेका छन् ।

पहिलो लेगमा रियलविरुद्ध २–१ गोल अन्तरको जीत हात पारेको सिटी केही दबाबमुक्त रहेपनि रियलले अन्तिम आठमा स्थान बनाउन जीत हात पार्नै पर्नेछ।

रियल र सिटीले यसअघि फेब्रुअरी २६ मा भएको थियो । इथ्हाड रंगशालामा यो सहित तेस्रो पटक सिटी र रियल आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा खेल भएपनि दर्शक भने हुने छैनन् ।

यस्तै, दोस्रो लेग पोर्चुगलमा खेल्न लागेका युभेन्ट्स र लियोनपनि अन्तिम ८ का लागि संघर्ष गर्नेछन् । यसअघि पहिलो लेगमा १–० गोल अन्तरले पराजित भएको युभेन्ट्स आजको खेल उल्टाउँदै अन्तिम आठमा लागि खेल्नेछ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : १२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष