अनसनरत युवाहरुको मागमा गम्भीर बन्न कांग्रेसको आग्रह « Khabarhub

अनसनरत युवाहरुको मागमा गम्भीर बन्न कांग्रेसको आग्रह


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत युवाहरुको मागमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले युवाहरु अनशनमा बसेको बीस दिन पूरा भई सक्दा समेत संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु दुखद भएको बताएका छन् ।

उनले युवाहरुका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न आग्रह गरेका छन् ।

‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगतदेखि दल र सञ्चार माध्यमहरुले उठाउँदै आएका थिए’ प्रवक्ता शर्माले भनेका छन्, ‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’

कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको प्रवक्ता शर्माले स्मरण गराएका छन्।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०६ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन