श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीद्वारा बधाई « Khabarhub

श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीद्वारा बधाई


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उनको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको सफलतामा बधाई दिएका छन् ।

ओलीले शुक्रबार राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई दिएका हुन् । ओलीले राजपाक्षको कार्यकालको लागि पनि शुभकामना दिए ।

राजपाक्षको एसएलपीपीले संसदको २२५ सिटको मध्ये १४५ सिट जितेको थियो भने थप ५ सिट एसएलपीपीकै गठबन्धनमा रहेको पार्टीहरुले हात पारेका छन् ।

दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १८ बजे

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन