१५ सय कोरोनाका गम्भीर बिरामीका लागि आईसीयूको व्यवस्था : स्वास्थ्य मन्त्रालय « Khabarhub

१५ सय कोरोनाका गम्भीर बिरामीका लागि आईसीयूको व्यवस्था : स्वास्थ्य मन्त्रालय


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको लागि आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आईसीयू तथा भेन्टिलेटर तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार हाल ६६ जना कोरोना संक्रमति आईसीयूमा उपचारत छन् । उनीहरु मध्ये ३ जनाको भेन्टिलेटर सहितको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणको खराब अवस्थामा गएमा साउन २५ गतेसम्म ९१ हजार संक्रिय कोरोना संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयको अनुमान थियो ।

यस्तै संक्रमणको अवस्था मध्यम भएमा भदौं २ गतेसम्म २९ हजार कोरोना संक्रमित हुने अनुमान गरिएको थियो ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले अनुमान गरेअनुसार हाल नेपालमा कोरोना संक्रमणको खराब अवस्थामा भने छैन ।

तर पनि हाल लक्षण सहितका कोरोना संक्रमित भने बढ्दै गएको डा गौतमले बताए ।

डा गौतमका अनुसार हाल दैनिक २२ हजार कोरोना परीक्षण गर्न सक्ने प्रयोगशालाहरुको क्षमता रहेको छ । ती प्रयोगशालाका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु २ महिनासम्मका लागि मौज्दात समेत रहेको छ ।

यस्तै आगमी २ महिलालाई पुग्ने पीपीई लगायतका स्वास्थ्य सामाग्री समेत सरकारसँग मौज्दात रहेको उनले जानकारी दिए ।

७ प्रदेशमा आइसोलेसनका लागि ३८करोड निकासा

डा गौतमले ७ वटै प्रदेशमा ७ हजार आइसोलेसन वेड व्यवस्थापन गर्न ३८ करोड रुपैयाँ निकासा गरिएको पनि जानकारी दिए ।

आइसोलेसन वेड व्यवस्थापनका लागि प्रदेश नम्बर २ र ५ का लागि ७ करोडका दरले निकासा गरिएको, सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि ६ करोडका दरले निकासा भएको जानकारी दिए ।

त्यसैगरी बागमती, गण्डकी र प्रदेश १ मा ४ करोडका दरले रकम निकासा भइसकेको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : २३ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार