१५ सय कोरोनाका गम्भीर बिरामीका लागि आईसीयूको व्यवस्था : स्वास्थ्य मन्त्रालय « Khabarhub

१५ सय कोरोनाका गम्भीर बिरामीका लागि आईसीयूको व्यवस्था : स्वास्थ्य मन्त्रालय


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको लागि आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आईसीयू तथा भेन्टिलेटर तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार हाल ६६ जना कोरोना संक्रमति आईसीयूमा उपचारत छन् । उनीहरु मध्ये ३ जनाको भेन्टिलेटर सहितको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणको खराब अवस्थामा गएमा साउन २५ गतेसम्म ९१ हजार संक्रिय कोरोना संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयको अनुमान थियो ।

यस्तै संक्रमणको अवस्था मध्यम भएमा भदौं २ गतेसम्म २९ हजार कोरोना संक्रमित हुने अनुमान गरिएको थियो ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले अनुमान गरेअनुसार हाल नेपालमा कोरोना संक्रमणको खराब अवस्थामा भने छैन ।

तर पनि हाल लक्षण सहितका कोरोना संक्रमित भने बढ्दै गएको डा गौतमले बताए ।

डा गौतमका अनुसार हाल दैनिक २२ हजार कोरोना परीक्षण गर्न सक्ने प्रयोगशालाहरुको क्षमता रहेको छ । ती प्रयोगशालाका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु २ महिनासम्मका लागि मौज्दात समेत रहेको छ ।

यस्तै आगमी २ महिलालाई पुग्ने पीपीई लगायतका स्वास्थ्य सामाग्री समेत सरकारसँग मौज्दात रहेको उनले जानकारी दिए ।

७ प्रदेशमा आइसोलेसनका लागि ३८करोड निकासा

डा गौतमले ७ वटै प्रदेशमा ७ हजार आइसोलेसन वेड व्यवस्थापन गर्न ३८ करोड रुपैयाँ निकासा गरिएको पनि जानकारी दिए ।

आइसोलेसन वेड व्यवस्थापनका लागि प्रदेश नम्बर २ र ५ का लागि ७ करोडका दरले निकासा गरिएको, सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि ६ करोडका दरले निकासा भएको जानकारी दिए ।

त्यसैगरी बागमती, गण्डकी र प्रदेश १ मा ४ करोडका दरले रकम निकासा भइसकेको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : २३ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी