अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई « Khabarhub

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितको छ ।

इंग्ल्याण्डले एक खेल अगावै सिरिज २–० ले जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहँदै जित पक्का गरे ।

मोईन अलीले ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । इंग्ल्यान्डलाई जितका लागि अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो । १९औं ओभरमा स्पिनर एडम जम्पाले पाँच बलमा १८ रन खर्चिए ।

अष्ट्रेलिया एश्टन अगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क र एडम जम्पाको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्‍याएका थिए । प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

पहिलो ओभरको तेस्रो बलमै जोफ्रा आर्चरले ओपनर डेभिड वार्नरलाई जस बटलरबाट शून्यमा क्याच गराए । मार्क वुडले एलेक्स केरीलाई दोस्रो ओभरको पाँचौ बलमा २ रनमा क्याच आउट गराउँदा अष्ट्रेलिया २–३ को कम्जोर अवस्थामा थियो ।

स्मिथले अष्ट्रेलियालाई समाल्न खोजेपनि पाँचौ ओभरको अन्तिम बलमा १० रनमा रन आउट हुन पुगेपछि थप दबाबमा परेको थियो ।

स्मिथले एक रन लिने क्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले उत्कृष्ट रन आउट गरेका थिए । स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरेका थिए ।

चौथो विकेटका लागि कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले ४९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । फिन्चलाई १२ औं ओभरको अन्तिम बलमा क्रिस जोर्डनले ४० रनमा बोल्ड आउट गरे । एज लागेर बोल्ड आउट हुनुअघि फिन्चले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा इंग्ल्यान्ड २ रनले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ०० बजे

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित