अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई | Khabarhub Khabarhub

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितको छ ।

इंग्ल्याण्डले एक खेल अगावै सिरिज २–० ले जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहँदै जित पक्का गरे ।

मोईन अलीले ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । इंग्ल्यान्डलाई जितका लागि अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो । १९औं ओभरमा स्पिनर एडम जम्पाले पाँच बलमा १८ रन खर्चिए ।

अष्ट्रेलिया एश्टन अगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क र एडम जम्पाको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्‍याएका थिए । प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

पहिलो ओभरको तेस्रो बलमै जोफ्रा आर्चरले ओपनर डेभिड वार्नरलाई जस बटलरबाट शून्यमा क्याच गराए । मार्क वुडले एलेक्स केरीलाई दोस्रो ओभरको पाँचौ बलमा २ रनमा क्याच आउट गराउँदा अष्ट्रेलिया २–३ को कम्जोर अवस्थामा थियो ।

स्मिथले अष्ट्रेलियालाई समाल्न खोजेपनि पाँचौ ओभरको अन्तिम बलमा १० रनमा रन आउट हुन पुगेपछि थप दबाबमा परेको थियो ।

स्मिथले एक रन लिने क्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले उत्कृष्ट रन आउट गरेका थिए । स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरेका थिए ।

चौथो विकेटका लागि कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले ४९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । फिन्चलाई १२ औं ओभरको अन्तिम बलमा क्रिस जोर्डनले ४० रनमा बोल्ड आउट गरे । एज लागेर बोल्ड आउट हुनुअघि फिन्चले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा इंग्ल्यान्ड २ रनले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ०० बजे

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

सुर्खेत-  ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल

तेस्रो सातामा ‘घर नम्बर २’, दर्शक बढ्नेमा निर्देशक खनाल आशावादी

काठमाडौं – मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर

साताको कार्टुन : शक्तिशाली सरकारको मुसो बजेट !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले

लेउती खोलाले सडक बगाउँदा धरान–धनकुटा राजमार्ग अवरुद्ध

धनकुटा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक

आगामी वर्षको बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटप्रति होटल व्यवसायीहरूको छाता