पोखराका ३१ सहित गण्डकीका ४ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण « Khabarhub

पोखराका ३१ सहित गण्डकीका ४ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिकाका ३१ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ५:५० बजे जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरामा महानगरपालिका ३१ जना, गोरखाका १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना र तनहुँका ३ जनामा संक्रमण भएको उल्लेख छ ।

पोखरामा थपिएका संक्रमितमध्ये पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्।

पोखराका अरू संक्रमितमा २५ जना भने पोखरा फुड्स प्रा.लि. मा कार्यरत रहेको तथा २ जना यसअघि नै अस्पतालमा उपचार गराइरहेका एक महिला र एक पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।

अन्य संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना छन् ।

यस्तै गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुई जना र तनहुँको व्यास नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ०० बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र