व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ « Khabarhub

व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका एकजना नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिकामा रहेको भिमसेन नि.मा.वि.का प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न आरोपमा प्रहरीले विप्लव समूहका सिन्धुली जिल्ला समिति सदस्य राजिव सुनुवारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलिकी एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो ।

भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला प्रअ भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेको एसपी सिग्देलले बताईन् । उनलाई गाउँलेले महभीरको जंगलबाट अपहरणमुक्त गरेका थिए ।

राजिवसहित प्रअ अपहरणमा संलग्न अन्य ९ जना पक्राउ परेका छन् । उनीहरुलाई अपहरण तथा विष्फोटक पदार्थ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ३३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर