विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, ८ लाख ८७ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, ८ लाख ८७ हजारको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार ३०५ पुगेको छ ।

एकै दिन २ लाख ११ हजार २२७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.९९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ९७८ जनाको मृत्यु भएको छ । ३७ लाख ९८ हजार ९२३ जना संक्रमित भएकोमा २१ लाख ६० हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८० हजार ६७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ७१ हजार १४५ पुगेको छ । त्यसमध्ये ४५ लाख ५८ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५२ हजार १२१ जनाको मृत्यु भएको छ । ७७ लाख ५७ हजार ५१८ जना संक्रमित भएकोमा ६२ लाख ५२ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १२ हजार ६१० जनाको मृत्यु भएको छ । ६७ लाख २६ हजार ८२३ जना संक्रमित भएकोमा ५३ लाख ३५ हजार ७४८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ३५७ जनाको ज्यान गएको छ भने १३ लाख ५ हजार २५२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४० हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४३ जना संक्रमित भएकोमा २४ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार