कोरोना भगाउने 'आईडी कार्ड'ले के साँच्चै काम गर्छ ? | Khabarhub Khabarhub

कोरोना भगाउने ‘आईडी कार्ड’ले के साँच्चै काम गर्छ ?


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व कोरोना महामारीले आक्रान्त बनिरहेका बेला अझै कोरोना विरुद्धको भ्याक्सिन बनेको छैन ।

रसिया, चीन लगायतका केही मुलुकले कोरोनाको भ्याक्सिन तयार गरेको दाबी गरेपनि अन्तिम परीक्षण हुन बाँकी छ । विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।

विश्व स्वास्थ्य संगठनले सन २०२१ को मध्यसम्म पनि कोरोनाको भ्याक्सिन आउने सम्भावना न्यून भएको बताइरहेका बेला चीन, जापान, भारत लगायतका मुलुकमा ‘कोरोना भगाउने कार्ड’को बिक्रि वितरण भइरहेको पाइएको छ ।

यो आईडी कार्डले ९७.९ प्रतिशत कोरोनाबाट बचाउने दाबी गरिएको छ । यो कार्डबाट कोरोना तत्काल नष्ट हुने र यो कार्डको डेट ३० दिन हुने बताइएको छ । यो कार्ड सबैभन्दा पहिला चाइनिज कम्पनीले बजारमा ल्याएको थियो ।

त्यसपछि जापान र अब भारतका कम्पनीहरुले पनि कोरोनाबाट बच्नको लागि कार्ड बनाएर बेच्न थालिएको पाइएको छ ।

यसलाई मानिसहरु ‘भाइरस सूट आउट’को नामबाट बेचिरहेका छन् । यसलाई मानिसले औषधिको रुपमा किनिरहेका छन् ।

यसलाई Air Sterlization Card पनि भनिएको छ ।  जसलाई घाटीमा लगाउनु पर्छ । यो कार्डमा केमिकलले भरिएको एक सानो नीलो प्याकेट छ । जो एक पोर्टोबल एयर प्यूरिफायरको रुपमा काम गर्छ ।

कार्डमा Low concentration chlorine dioxide हुन्छ । जसले ब्याक्टेरिया र भाइरसलाई टाढा राख्छ । कार्ड उत्पादक कम्पनीले उक्त कार्डले १ मीटरको दूरीको हावामा सुरक्षित गर्ने दाबी गरेको छ ।

अमेरिका, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स लगायतका मुलुकमा भने यो कार्ड प्रतिबन्ध लगाइएको छ । तर चीन जापान र भारतमा भने यसको धेरै बिक्री हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ३९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र