काठमाडौं- विश्व कोरोना महामारीले आक्रान्त बनिरहेका बेला अझै कोरोना विरुद्धको भ्याक्सिन बनेको छैन ।
रसिया, चीन लगायतका केही मुलुकले कोरोनाको भ्याक्सिन तयार गरेको दाबी गरेपनि अन्तिम परीक्षण हुन बाँकी छ । विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।
विश्व स्वास्थ्य संगठनले सन २०२१ को मध्यसम्म पनि कोरोनाको भ्याक्सिन आउने सम्भावना न्यून भएको बताइरहेका बेला चीन, जापान, भारत लगायतका मुलुकमा ‘कोरोना भगाउने कार्ड’को बिक्रि वितरण भइरहेको पाइएको छ ।
यो आईडी कार्डले ९७.९ प्रतिशत कोरोनाबाट बचाउने दाबी गरिएको छ । यो कार्डबाट कोरोना तत्काल नष्ट हुने र यो कार्डको डेट ३० दिन हुने बताइएको छ । यो कार्ड सबैभन्दा पहिला चाइनिज कम्पनीले बजारमा ल्याएको थियो ।
त्यसपछि जापान र अब भारतका कम्पनीहरुले पनि कोरोनाबाट बच्नको लागि कार्ड बनाएर बेच्न थालिएको पाइएको छ ।
यसलाई मानिसहरु ‘भाइरस सूट आउट’को नामबाट बेचिरहेका छन् । यसलाई मानिसले औषधिको रुपमा किनिरहेका छन् ।
यसलाई Air Sterlization Card पनि भनिएको छ । जसलाई घाटीमा लगाउनु पर्छ । यो कार्डमा केमिकलले भरिएको एक सानो नीलो प्याकेट छ । जो एक पोर्टोबल एयर प्यूरिफायरको रुपमा काम गर्छ ।
कार्डमा Low concentration chlorine dioxide हुन्छ । जसले ब्याक्टेरिया र भाइरसलाई टाढा राख्छ । कार्ड उत्पादक कम्पनीले उक्त कार्डले १ मीटरको दूरीको हावामा सुरक्षित गर्ने दाबी गरेको छ ।
अमेरिका, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स लगायतका मुलुकमा भने यो कार्ड प्रतिबन्ध लगाइएको छ । तर चीन जापान र भारतमा भने यसको धेरै बिक्री हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया