‘कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ’ भनेर भ्रम फैलाउने चिकित्सक पक्राउ « Khabarhub

‘कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ’ भनेर भ्रम फैलाउने चिकित्सक पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार लिम्बूले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो ।

लिम्बूले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।

प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : ४१ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले