नेसन्स लिगमा रसियाको लगातार दोस्रो जित « Khabarhub

नेसन्स लिगमा रसियाको लगातार दोस्रो जित


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा रसियाले  लगतार दोस्रो जित निकालेको छ ।

आइतबार रातिको खेलमा घरेलु टोली हंगेरीलाई ३–२ गोल अन्तरले हराउँदै रसियाले लगातार दोस्रो जित निकालेको हो ।

रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे ।

घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् ।

जितसँगै रसिया लिग ‘बी’ – ३ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान एक अंक जोडेको टर्की र सर्विया तेस्रो र पुछारमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : २० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट