विराटनगरमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको हो ।

१० दिन होम आइसोलेसनमा बसेका ती वृद्धमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका बेला श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही भदौ २० गते  अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार