अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना « Khabarhub

अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  भारतीय कलाकार अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत आइतवार जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा छन् ।

अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण भएको छ ।

मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको बताएकी छिन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ, सेल्फ आइसोलेसनमा छु र म स्वस्थ्य रहनेछु,’ उनले सामाजिक सञ्जलमार्फत भनिन् ।

आइतवार अर्जुनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको र डाक्टरको सल्लाहमा अलग बसेको बताएका थिए ।

उनले कोरोना भाइरसलाई आफूले छिट्टै जित्ने भन्दै फ्यानलाई धन्यवाद समेत दिएका थिए ।

यसअघि बलिउडका अन्य कलाकारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । अमिताभ बच्चन र उनका परिवारका ३ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ३ : ४५ बजे

महिला हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान : नेपालमा साइबर कानुन बनाउन ढिला गर्दा समस्या 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले

दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने

प्रहरीले भन्यो- टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै छ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान

तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा

काठमाडौं- गृह मन्त्रालयले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को