यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालका ५ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालका ५ जिल्ला


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका ५ जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पाँच जिल्लाका सबै कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्ला

ताप्लेजुङ
मुस्ताङ
हुम्ला
मुगु
डोल्पा

नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६५ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ५७ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी