निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ : डा. पाण्डे « Khabarhub

निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ : डा. पाण्डे



विगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो ।

त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट विस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो । साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा व्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो ।

मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो ।

सरकारले गर्नुपर्ने काम –

अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ( स्कुल, कलेज, फ्लिम हल आदि ) बाहेक अन्य गतिविधि सुचारु गर्ने ।

मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने ।

जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान संचालन गर्ने ।

स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने ।

सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड ब्यबस्थापन गर्ने ।

सिमानाकालाई कडाइ गर्ने ।

संक्रमित क्षेत्रलाई मात्र शिल गर्ने ।

संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात संचालन गर्ने ।

सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने बाताबरण निर्माण गर्ने ।

ठूला बस मापदण्ड पुरा गरेर संचालन गर्ने । माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरि सुचारु गर्ने ।

चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने ।

अस्पतालका क्षमता बढाउने । जनताको पहुँच बढाउने ।

शुशासन, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने ।

जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो ।

जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने ।

नागरिकले गर्नुपर्ने काम –

६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने । सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने ।

सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने । घरबाहिर जाँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने । साबुनपानीले हात धोइरहने । साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने । भीडभाड नगर्ने ।

घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने ।

आफू, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने ।

हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने । आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने ।

पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्रि गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने ।

समाजमा एकले अर्कोलाई सहयोग गर्ने ।

जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने ।

धेरै डर नमान्ने, निरास नहुने । सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : १५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी