काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ। सानो गोलभेँडा (लोकल) ३० रुपैयाँ र टनेल तथा तराईको ६० रुपैयाँ छ। रातो आलु प्रतिकिलो ५५ रुपैयाँ र सेतो आलु ४० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, सुकेको भारतीय प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाँजर १०० रुपैयाँ र तराईको गाँजर १२० रुपैयाँ छ। लोकल बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ र तराईको काउली ४० रुपैयाँ कायम गरिएको छ। रातो तथा सेतो मूला प्रतिकिलो ३० रुपैयाँ छ।
हरियो तरकारीतर्फ मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी १२० देखि १३० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँ र भिण्डी १२० रुपैयाँ निर्धारण गरिएको छ। पालुङ्गो, चम्सुर र मेथीको साग प्रतिकिलो १५० रुपैयाँ छ भने रायो र तोरीको साग ८० रुपैयाँ कायम भएको छ।
च्याउमध्ये कन्य च्याउ प्रतिकिलो ३३० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ तोकिएको छ। ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, तामा १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ छ।
फलफूलतर्फ फुजी र जुम्लाको स्याउ प्रतिकिलो ३५० रुपैयाँ, मुस्ताङको स्याउ २५० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ र अनार ४०० रुपैयाँ कायम गरिएको छ। नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ, जुनार र मौसम २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, किबी प्रतिकिलो ३५० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, अम्बा ३०० रुपैयाँ र अमला ८० रुपैयाँ छ।
मसला तथा अन्य उपजतर्फ अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ तथा सुकेको नेपाली र चिनियाँ लसुन २६० रुपैयाँ कायम गरिएको छ।
माछातर्फ ताजा रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३५० रुपैयाँ र छडी ३३० रुपैयाँ निर्धारण गरिएको छ। सुकेको माछाको मूल्य भने प्रतिकिलो एक हजार रुपैयाँ तोकिएको समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको मूल्य हो। खुद्रा बजारमा भने ढुवानी, पसल सञ्चालन खर्च र अन्य कारणले मूल्य फरक पर्न सक्छ।

















प्रतिक्रिया