न्याय सम्पादनमा ध्यान दिन आग्रह « Khabarhub

न्याय सम्पादनमा ध्यान दिन आग्रह


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

अदालतले आज १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने स्पष्ट पारे ।

अध्यक्ष अधिकारीले न्यायिक सुशासन कायम गर्न सबै कर्मचारीले आ–आफ्नो पेशागत, निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

अदालतमा वरिष्ठतम सदस्य न्यायाधीश कृष्ण गिरीले राष्ट्रसेवक कर्मचारीले व्यावसायिक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तरनिहित क्षमता प्रदर्शन गरेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

सो अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई अध्यक्ष अधिकारीले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ४८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको