खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई जेल सजाय « Khabarhub

खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई जेल सजाय


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अदालतले सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”

यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खाशाग्गीका छोराहरूले आफूहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ ।

उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ४३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा