खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई जेल सजाय | Khabarhub Khabarhub

खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई जेल सजाय


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अदालतले सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”

यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खाशाग्गीका छोराहरूले आफूहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ ।

उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ४३ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन