कञ्चनपुरमा गोली र पेस्ताेलसहित एक व्यक्ति पक्राउ « Khabarhub

कञ्चनपुरमा गोली र पेस्ताेलसहित एक व्यक्ति पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले बेलौरी नगरपालिका–१० भुडाका २४ वर्षीय खुशीराम चौधरीलाई हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उनको साथबाट २ राउण्ड गोली र पेस्तोल बरामद भएको छ ।

पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको उनले बताए ।

उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ०५ बजे

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका