कोरोनाबारे अफवाह फैलाउने लिम्बु पक्राउ « Khabarhub

कोरोनाबारे अफवाह फैलाउने लिम्बु पक्राउ


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्। लिम्बुले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए।

उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको समेत आरोप लगाएका थिए।

सर्वसाधारणलाई सडकमा आन्दोलन गर्न सबै आउनु पर्छ भन्दै समाजमा उत्तेजना फैलाएको, कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई शान्ति भंग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीले उनलाई सोमवार ललितपुर नक्खिपोटबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाएको छ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ९ : ४१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको