फेसबुकले हटायो ट्रम्पका स्ट्याटस « Khabarhub

फेसबुकले हटायो ट्रम्पका स्ट्याटस


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई फेसबुकले डिलिट गरेको छ ।

मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । उक्त सूचनाले ‘मिसलिड’ गर्ने भन्दै फेसबुकले हटाइदिएको हो ।

ट्रम्पले पोष्टले फेसबुकको कोभिड-१९ को मिसइन्फर्मेसन सम्बन्धी नीति उलंघन गरेको बताउदै हटाइएको फेसबुकका प्रवक्ता एन्डी स्टोनले जानकारी दिएका छन् ।

आफै कोरोना संक्रमण भएर ठीक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए,’फ्लूको सिजन आउँदै छ । भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने ? होइन, हामीले यससँग बाँच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाँच्न सिक्दै छौं, धेरै जनसंख्यामा यो कम प्राणघातक छ ।’

यसअघि अगस्टमा पनि फेसबुकले ट्रम्पको स्ट्याटस हटाएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ०६ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको