तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार « Khabarhub

तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया घेजलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

अन्तरिक्ष विज्ञानमा ब्लाकहोलको रहस्यबारे अनुसन्धान गर्नु भएका तीनै वैज्ञानिकले ब्लाकहोलको गुरुत्वाकर्षणका कारण प्रकाश समेत छिर्न नसक्ने दाबी गरेका छन् । ब्लाकहोलको यस क्षेत्रमा पदार्थ आफैंमा विलुप्त हुन्छ ।

पुरस्कृत व्यक्तित्वमध्ये गेन्जेल जर्मनीका हुन् भने घेज अमेरिकी हुन् । अर्का पुरस्कृत वैज्ञानिक पेनरोज बेलायती नागरिक हुन् । उनीहरु तीनै जना खगोल र भौतिक विज्ञानका क्षेत्रमा प्राध्यापक हुन् ।

करिब १ करोड स्वेडिस क्रोनरको यो पुरस्कारको रकममध्ये आधा रोजर पेनरोज र बाँकी आधा अन्य दुई बैज्ञानिकलाई आधा–आधा प्रदान गरिने छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : १४ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले