६ वर्षीय बालकसहित चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

६ वर्षीय बालकसहित चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र  मोरङका एक/एक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ । माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु