बुटवलमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बुटवलमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  दुई संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।

बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए ।

गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : १० बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२