संक्रमितबाट भन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलिएको सीडीसीको दाबी | Khabarhub Khabarhub

संक्रमितबाट भन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलिएको सीडीसीको दाबी

विश्वभर थप ३ लाख ११ हजारमा संक्रमण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको दाबी गरिएको छ ।

सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट परसम्म पुग्न सक्छ । त्यसपछि यो अरू व्यक्तिमा सहजै र छिटै सर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको दाबी गरिएको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

हावामा रहेका भाइरस केही सेकेण्डदेखि केही घन्टासम्म बाँच्न सक्ने ती भाइरस कम भेन्टिलेसन भएका स्थानसम्म पुगेर जोखिम बढाउने सीडीसीको अध्ययनले जनाएको छ ।

एकचोटी खोक्दा कम्तिमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी अन्त्यन्तै साना छिटाहरू निस्किएर हावामा मिसिने र त्यसले संक्रमण तीब्र दरमा फैलिएको बताइएको छ ।

यसअघि २३ देशका २४० भन्दा बढी वैज्ञानिकहरूको समूहले हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिएको दाबी गरेका थिए ।

डब्ल्युएचओले समेत प्रति १० व्यक्तिमध्ये एक जना कोरोना संक्रमण भएको हुन सक्ने जनाइसकेको छ ।

थप ३ लाख ११ हजार बढी संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ११ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ११ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६० लाख ३७ हजार ९९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ५ हजार ५५० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५१४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७८ लाख ३९ हजार ६१५ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८६२ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७१ लाख ४३ हजार ८६३ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ५० बजे

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौं– बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका

क्रान्ति सम्भव नभएपछि जनमत परीक्षणमा लाग्यौं : प्रकाण्ड

काठमाडौं- २०६४ सालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटेको

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित

‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली– विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य

आज विश्व सहरीकरण दिवस

काठमाडौं– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित