संक्रमितबाट भन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलिएको सीडीसीको दाबी « Khabarhub

संक्रमितबाट भन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलिएको सीडीसीको दाबी

विश्वभर थप ३ लाख ११ हजारमा संक्रमण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको दाबी गरिएको छ ।

सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट परसम्म पुग्न सक्छ । त्यसपछि यो अरू व्यक्तिमा सहजै र छिटै सर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको दाबी गरिएको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

हावामा रहेका भाइरस केही सेकेण्डदेखि केही घन्टासम्म बाँच्न सक्ने ती भाइरस कम भेन्टिलेसन भएका स्थानसम्म पुगेर जोखिम बढाउने सीडीसीको अध्ययनले जनाएको छ ।

एकचोटी खोक्दा कम्तिमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी अन्त्यन्तै साना छिटाहरू निस्किएर हावामा मिसिने र त्यसले संक्रमण तीब्र दरमा फैलिएको बताइएको छ ।

यसअघि २३ देशका २४० भन्दा बढी वैज्ञानिकहरूको समूहले हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिएको दाबी गरेका थिए ।

डब्ल्युएचओले समेत प्रति १० व्यक्तिमध्ये एक जना कोरोना संक्रमण भएको हुन सक्ने जनाइसकेको छ ।

थप ३ लाख ११ हजार बढी संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ११ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ११ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६० लाख ३७ हजार ९९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ५ हजार ५५० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५१४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७८ लाख ३९ हजार ६१५ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८६२ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७१ लाख ४३ हजार ८६३ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ५० बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण