उत्पादन वृद्धि गर्न माटो परीक्षण « Khabarhub

उत्पादन वृद्धि गर्न माटो परीक्षण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधावापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् ।

उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउने तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गरेका हुन् ।

वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

वडाभित्र नै दक्ष जनशक्ति तयार गरी बाह्रै महिना माटो परीक्षण एवं माटोसम्बन्धी परामर्श सेवा दिन दुई कृषकलाई दक्ष बनाइने उनले जानकारी दिए ।

‘दुई कृषकलाई माटो परीक्षण तालिममा पठाउँछौँ, तालिम लिएर आएपछि उनीहरूले वडाबाट बाह्रै महिना माटो परीक्षण र परामर्श सेवा दिनेछन्’, रेग्मीले भने ।

वडा कार्यालयले भरतपुरस्थित मातृभूमि कृषि सामग्री उद्योगको सहयोगमा माटो व्यवस्थापन तालिम एवं माटो परीक्षण सम्पन्न गरेको छ ।

वडाभित्रका विभिन्न ३० स्थानको माटो परीक्षण गर्दा माटोको गुणस्तर योग्य देखिएको छ ।

‘पहिलो चरणमा आलुखेती हुने ठाउँको माटो परीक्षण गर्‍यौँ, उक्त माटो आलुखेतीका लागि योग्य देखिएको छ’, उनले भने, ‘क्रमशः अन्य ठाउँका पनि माटो परीक्षण गर्छौँ ।’

वडाभित्र १० हेक्टर जमिन रहेकामा चार हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । अहिले धानको सिजन भएकाले बाँकी ठाउँको माटो परीक्षण गर्न नसकिएको रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ४० बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी