प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य « Khabarhub

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूहरू पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा सञ्चार तथा पत्रकारितासम्बन्धी विभिन्न समस्याबारे बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका पक्षमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन । हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ । पत्रकार महासङ्घले उठाएका मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्‍याउनेछु ।’ उनले पत्रकारिता समाजको अभिन्न अङ्ग भएकाले यसलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।

पत्रकारिता क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले पत्रकार महासङ्घले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायसम्म ती विषय पुर्‍याउने आश्वासन दिए ।

प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकारको सुनिश्चितता, सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षालगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासङ्घले हाल विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : ३० बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित