क्वाट बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओको आग्रह– चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एक होऔँ « Khabarhub

क्वाट बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओको आग्रह– चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एक होऔँ


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा जारी क्वाड बैठकमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एकजुट हुन समकक्षीहरुलाई आग्रह गरेका छन्।

मंगलबार सुरु भएको सो बैठकमा जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी, अस्ट्रेलियाकी मराइज पेन र भारतका सुब्रमन्यम जयशंकर सहभागी छन्।

यीमध्ये अमेरिकी विदेशमन्त्री पम्पेओ सबैभन्दा उग्ररुपमा चीनविरुद्ध प्रस्तुत भएका थिए। उनले कोरोना भाइरसको महामारी वुहानबाट आएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको ढाकछोपका कारण यसले भयंकर क्षति गरेको आरोप लगाए।

‘यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको शोषण, भ्रष्टाचार र जबर्जस्तीबाट हाम्रा जनता र साझेदारहरुलाई जोगाउन सहकार्य गर्नु अरुबेला भन्दा निकै महत्वपूर्ण बनेको छ,’ पम्पेओले भने।

तर, उनका समकक्षीहरुले भने आपसी सहकार्यमा बढी जोड दिएका छन्।

यसअघि सो बैठक भारतमा हुने चर्चा थियो। तर, चीन र भारतबीच मस्कोमा सम्झौता भएलगत्तै टोकियोमा बैठक हुने घोषणा गरिएको थियो।

क्वाडका विदेशमन्त्रीहरुले जापानका नयाँ प्रधानमन्त्री योसिहिदे सुगासँग पनि भेट गरेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ०४ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा