अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने « Khabarhub

अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ कीटमार्फत गर्ने भएको छ।

नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

‘पीसीआर जस्तो लामो लाग्दैन। जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ,’ प्रवक्ता डा गौतमले भने ।

अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए। पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए।

लक्षण देखिएन भने पीसीआर परीक्षण नगर्ने उनले सुनाए। लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए। धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ‘एन्टिजेन’ कीटबाट परीक्षण गर्न सकिने डा. गौतमले बताए।

सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ४९ बजे

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

चितवन– राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा

संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’

महेन्द्रनगर– मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले