सुशान्तको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आयो « Khabarhub

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आयो

७० करोड रुपैयाँ कहाँ खर्च भयो ?


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ । सूत्रको हवाला दिँदै दैनिक भास्करले लेखेअनुसार सुशान्तका सबै बैंक खातामा विगत ५ वर्षमा ७० करोड रुपैयाँको लेनदेन भएको छ ।

यीमध्ये केवल ५५ लाख मात्रै रिया चक्रवर्तीसँग सम्बन्धित पाइएको छ । अधिकांश रकम यात्रा, स्पा र गिफ्ट खरिदमा खर्च भएको पाइएको छ ।

आत्महत्याको केस स्पष्ट भएपछि सीबीआइले अब यसको कारणबारे अनुसन्धान गर्नेछ । आत्महत्यामा रिया चक्रवर्ती र उनका भाइको भूमिका, बलिउडमा व्यवसायिक प्रतिद्वन्द्वीता र भाइ भतिजावाद, नशालु पदार्थको दुरुपयोग र सुशान्त सिंह राजपुतको मानसिक स्वास्थ्यको कोणबाट अनुसन्धान अगाडि बढ्नेछ ।

उता ड्रग्स केसमा भायखाला जेलमा रहेकी रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिता केके सिंहले १५ हरोड रुपैयाँ बराबरको घोटाला केस पटनामा दर्ता गराएका छन् ।

यसको संज्ञान लिँदै इडीले मनी लण्ड्रिङ केस दर्ता गरेको छ । इडीले रिया चक्रवर्तीसँग ३ पटक सोधपुछ गरेको छ । इडीले अहिलेसम्म आफ्नो अन्तिम रिपोर्ट सार्वजनिक गरेको छैन । यही केसको जाँचको क्रममा सुशान्तका बैंक खाताको फरेन्सिक अडिट गरिएको थियो ।

सूत्रका अनुसार यो रिपोर्ट सिबिआइलाई पनि उपलब्ध गराइएको छ । यो रिपोर्टमा कहीँ पनि रियाले यो पैसा आफ्नो वा आफ्नो परिवारको लागि निकासी गरेको प्रमाणित नहुने बताइएको छ । धेरैजसो पैसा सुशान्तको इच्छाले वा उनको जानकारीमा खर्च गरिएको छ । यो पैसा सुशान्तको आम्दानीको तुलनामा निकै कम छ । यद्यपि खातासँग सम्बन्धित केही जानकारी अझै सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको