मठ-मन्दिर तथा शक्तिपीठ कात्तिक १ देखि खुला गर्ने तयारी « Khabarhub

मठ-मन्दिर तथा शक्तिपीठ कात्तिक १ देखि खुला गर्ने तयारी


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् ।

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।’

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ, तिहारजस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे ।

यसअघि बुधबार बिहान मन्त्री भट्टराईले ओलाङचुङ्गोलास्थित बिओपीको उद्घाटन गरेका थिए । चीनसँगको सीमावर्ती क्षेत्रमा बिओपी स्थापनासँगै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती क्रमशः घट्दै जानेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ३२ बजे

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००