आज रातिबाट डीभी आवेदन खुल्दै, कसरी भर्न सकिन्छ ? | Khabarhub Khabarhub

आज रातिबाट डीभी आवेदन खुल्दै, कसरी भर्न सकिन्छ ?


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –२०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

नेपालस्थित अमेरिकी दूतावसले फेसबुकमा यस्तो लेखेको छ-

२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार आज रातिको ९:४५ बजेबाट खुला हुँदैछ। आवेदन खुलेपछि तपाईं मा गएर निशुल्क आँफैंले आवेदन दिन सक्नुहुन्छ। निशुल्क गर्नसकिने आवेदनमा पैसा तिर्दैमा भाग्य चम्किने कुरा हुँदैन। आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइट https://np.usembassy.gov/…/2022-diversity-visa-program-o…/मा उपलब्ध छन्।
The 2020 Diversity Visa Program opens TODAY at 9:45 pm local time in Nepal. After the applications open, you can go to dvlottery.state.gov to enter, and It’s FREE. Don’t listen to visa consultants and their false promises. There’s nothing lucky about paying for something that’s free! For more information about the requirements go to https://np.usembassy.gov/…/2022-diversity-visa-program-ope…/. #dv2022

कसरी भर्ने डीभी ?

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डीभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।

यो पनि पढौं

डीभी के हो, कसरी पर्छ ?

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : १५ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका