अनसनरत डा. केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन « Khabarhub

अनसनरत डा. केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्नका लागि टोली गठन गरेसँगै डा केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको गठन भएको हो ।

सरकारसँग वार्ताका लागि गठन गरिएको डाक्टर केसीतर्फको टोलीमा डाक्टर  क्षेत्रीसँगै डा अञ्जनी कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर डा केसी २४ दिन अघिदेखि अनसनरत छन् ।

गत भदौ २९  गते जुम्लाबाट अनसन सुरु गरेका डाक्टर केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका चिकित्सक हरुले बताएका छन् ।

२४ दिनदेखि असनरत डा केसीका माग सम्बोधन हुनुपर्ने र उनको जीवनरक्षाका लागि भन्दै चिकित्सक तथा नगरिकहरुले विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

नेपाल चिकित्सक संघले आजै डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा डा केसीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु