अनसनरत डा. केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन « Khabarhub

अनसनरत डा. केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्नका लागि टोली गठन गरेसँगै डा केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको गठन भएको हो ।

सरकारसँग वार्ताका लागि गठन गरिएको डाक्टर केसीतर्फको टोलीमा डाक्टर  क्षेत्रीसँगै डा अञ्जनी कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर डा केसी २४ दिन अघिदेखि अनसनरत छन् ।

गत भदौ २९  गते जुम्लाबाट अनसन सुरु गरेका डाक्टर केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका चिकित्सक हरुले बताएका छन् ।

२४ दिनदेखि असनरत डा केसीका माग सम्बोधन हुनुपर्ने र उनको जीवनरक्षाका लागि भन्दै चिकित्सक तथा नगरिकहरुले विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

नेपाल चिकित्सक संघले आजै डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा डा केसीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : ५७ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर