सुदूरपश्चिममा थपिए ११९ जना कोरोना संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा थपिए ११९ जना कोरोना संक्रमित


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का संक्रमित थपिएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका समेत गरी प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना संक्रमित पुगेका छन् ।

मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा संक्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २० दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्ला दिनमा कोभिड—१९ का सक्रिय संक्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई खासगरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले शहरी क्षेत्रमा सर्वसाधारणको भीड बढ्नुका साथै होमआइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले संक्रमण पनि बढ्दै गएको बताए ।

कोभिड—१९को संक्रमणका कारण हालसम्म प्रदेशको कैलाली जिल्लाका नौ जना, अछाम, बझाङ र बाजुराका दुई—दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक—एक जनाको सङ्क्रमितको मृत्यु भएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षकसहित आज २२ जना प्रहरीमा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कार्यालयका ४६ जना प्रहरी संक्रमित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : २३ बजे

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ ।

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न