सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धी होर्डिङ बोर्ड « Khabarhub

सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धी होर्डिङ बोर्ड


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धी होर्डिङ बोर्ड राख्न शुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिए ।

“चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतिको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो”, उनले भने ।

ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो । महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो ।

सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ ।

महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको