बाँके र चितवनमा गरी थप २ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँके र चितवनमा गरी थप २ कोरोना संक्रमितको मृत्यु


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बाँके र चितवनमा गरी आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुर्खेतकी ८२ वर्षीया संक्रमितको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षीया महिलाको बुधबार बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

यो सँगै बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

ती महिलालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमरमा असोज १५ गते कोरोना पोजिटिभ देखिएपछि कोभिड–१९ युनिटमा उपचारमा राखिएको थियो ।

लामो समयदेखि मधुमेहबाट पीडित महिलाको स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नभएको र दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अपराह्न २ः१३ बजे उनकाे मृत्यु भएको हो । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेका उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर