बाँके र चितवनमा गरी थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँके र चितवनमा गरी थप २ कोरोना संक्रमितको मृत्यु


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बाँके र चितवनमा गरी आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुर्खेतकी ८२ वर्षीया संक्रमितको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षीया महिलाको बुधबार बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

यो सँगै बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

ती महिलालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमरमा असोज १५ गते कोरोना पोजिटिभ देखिएपछि कोभिड–१९ युनिटमा उपचारमा राखिएको थियो ।

लामो समयदेखि मधुमेहबाट पीडित महिलाको स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नभएको र दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अपराह्न २ः१३ बजे उनकाे मृत्यु भएको हो । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेका उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ४७ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले