मोरङ र सुनसरीमा उपचाररत चार संक्रमित महिलाको मृत्यु « Khabarhub

मोरङ र सुनसरीमा उपचाररत चार संक्रमित महिलाको मृत्यु


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन्।

कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन ।  ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ ।

दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि संक्रमित दुई महिलाको मृत्यु भएको छ।

धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिलाको साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

यस्तै उच्च रक्तचापको पनि समस्या रहेको ८१ वर्षीया महिलाको पनि शुक्रबार साँझ नै मृत्यु भएको श्रेष्ठले बताए । कात्तिक १९ गते कोरोना पुष्टि भएपछि २० गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ११ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह