अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही « Khabarhub

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् ।

प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी हुम्ला पुगेका हुन् ।

जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा दिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताए ।

सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताए ।

विकासका लागि कार्यक्रम टुक्राटुक्रा नगरी एकीकृत बनाएर गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । उनले ग्रामीणबस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको नारा ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिए ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १२ : ०९ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली