देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा २ हजार १ सय ८६, सुदूरपश्चिम प्रदेशमा ६ सय ८५ होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १ हजार ७१० र कर्णाली प्रदेशमा २९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : १५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको