प्रदेश १ मा कोरोना : ४९८ संक्रमित थपिए, ५२७ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा कोरोना : ४९८ संक्रमित थपिए, ५२७ डिस्चार्ज


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९८ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन्।

मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङलुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ।

प्रदेश १ मा शनिबार ५२७ जना डिस्चार्ज भएका भएका छन्।

होमआइसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ।

प्रदेश १ मा शनिबार २ हजार ६७५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ४० बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ