प्रदेश १ मा कोरोना : ४९८ संक्रमित थपिए, ५२७ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा कोरोना : ४९८ संक्रमित थपिए, ५२७ डिस्चार्ज


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९८ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन्।

मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङलुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ।

प्रदेश १ मा शनिबार ५२७ जना डिस्चार्ज भएका भएका छन्।

होमआइसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ।

प्रदेश १ मा शनिबार २ हजार ६७५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ४० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग