नेपालमा हालसम्म ८१ प्रतिशतले ‘जिते’ कोरोना संक्रमण  « Khabarhub

नेपालमा हालसम्म ८१ प्रतिशतले ‘जिते’ कोरोना संक्रमण 


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् ।

३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ०० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका