विश्वभर १ लाख ६ हजार कोरोना संक्रमितको अवस्था गम्भीर « Khabarhub

विश्वभर १ लाख ६ हजार कोरोना संक्रमितको अवस्था गम्भीर


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा २३१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६१ हजार २४५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ६० हजार ७८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख २८ हजार ५२२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ९ हजार ७१७ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा ३ लाख १ हजार ६२५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ३२ हजार ४१० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५३ हजार ९६१ पुगेको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २२ हजार २०६ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार २१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार ९४२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ । संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ३० बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक