सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री | Khabarhub Khabarhub

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल गर्नका सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले मंगलबार सर्बदलीय बैठक बोलाउने सम्भावना रहेको ओली निकट स्रोतले जनाएको छ । बैठक बोलाउने बारे प्रधानमन्त्री अन्तिम तयारीमा रहेको स्रोतको भनाइ छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।

तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : २५ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री